News Griha :: न्यूजगृह
विद्यालय कर्मचारी, नेतृत्व र आन्दोलन

म संस्थागत रुपमा २०७८ सालमा नेपाल विद्यालय कर्मचारी परिषद् जहदा गाउँपालिका (मोरङ) कार्यसमिति अध्यक्षको नेतृत्वको जिम्मेवारी लिने बित्तिकै गाउँपालिकामा ईसीडी शिक्षक तथा विद्यालय कर्मचारीले संयुक्त रुपमा ७ दिनसम्म आन्दोलन गर्‍यौं ।

त्यसपश्चात् स्थानीय सरकारबाट ७ हजार थप गरार्‍यौं । यो आन्दोलनले गर्दा जिल्ला, प्रदेश तथा राष्ट्रिय समितिसम्म मैले आफ्नो पहिचान बनाएँ ।

यसको साथै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलन २०७९ मा मेरा भूमिकालाई हेरेर राष्ट्रिय समितिको सचिवालय बैठकबाट मलाई आन्दोलन परिचालन राष्ट्रिय समिति सदस्यमा छनौट गर्‍यो । उक्त आन्दोलनमा पनि मैले आफ्नो घरपरिवार त्यागेर आफ्नो व्यक्तिगत लगानीमा महिनौं काठमाडौंकेन्द्रित आन्दोलनमा लागें ।

Prabhu Bank

सरकार र हामी आन्दोलनकारीबीच सहमति भयो तर कार्यनयन भएन । फेरि २०७९ मा सरकारसँग भएको सहमति कार्यान्वयन  गराउन २०८० मा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आन्दोलन घोषणा गर्‍यो । त्यसमा पनि मलाई जिम्मेवारी थप भयो ।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको सचिवालय बैठकबाट राष्ट्रिय समितिको प्रवक्ता (सूचना अधिकारी) साथै वार्ता समिति सदस्य समेतको जिम्मेवारी काँधमा आयो ।  मैले ४०,००० हजार विद्यालय कर्मचारीको हकहितको सवालमा वार्ता नहुन्जेल आफ्नै खर्चमा काठमाडौंमै बस्नुपर्‍यो ।

सरकारसँग वार्ता भयो । आफू बिरामी आवस्थामा आफ्नो कार्यथलो पुग्दा प्रअ, बि.व्य.स. तथा शिक्षा शाखामा स्पष्टीकरण दिनुपर्‍यो ।

संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीसम्बन्धी जेजस्ता विषयवस्तु सम्बोधन भएको छ त्यो सबैमा मेरो पनि भूमिका छ जस्तो महसुस गरेको छु । तर तपाईंहरुले मेरो बारेमा के सोच्नुहुन्छ ? त्यो तपाईंहरुको व्यक्तिगत धारणा हुनसक्छ ।

तपाईंहरु नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीलाई गाली गर्नु हुन्छ तर म गर्दिनँ किन की उहाँको नेतृत्वले गर्दा विद्यालय कर्मचारीलाई तपाईंको समाज, शिक्षक, प्रअ र सरकारले चिनेको छ र संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीको धेरैजसो माग सम्बोधन भएको छ ।

गाली गर्न, कमेन्ट गर्न सहज भएजस्तै नेतृत्व गर्न सहज छैन । मैले कसैको पक्षमा होइन, मैले देखेको भोगेको अनुभव गरेको शब्द लेखेको छु ।

सतप्रतिशत सहिनै सम्झौता भएको छ पनि भन्दिनँ । अरु पनि उपलब्धि हातपार्न सकिन्थ्यो । यो नेतृत्वभन्दा पनि राम्रो गर्ने विद्यालय कर्मचारी नेतृत्व छ भने म व्यक्तिगत तर्फबाट स्वागत गर्छु ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १५:३६
राजनीति
विशेष
Weather Update