नयाँ मिति तय
जसपाको विधान अधिवेशन सर्यो

काठमाडौं— जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन सरेको छ । निर्धारित समयमा विधान अधिवेशन गर्नका लागि आवश्यक तयारी पुरा नभएको भन्दै जसपाले विधान अधिवेशन सारेको हो ।
यस्तै, जसपाले विधान अधिवेशन सार्नुको अर्को कारण उपनिर्वाचन रहेको जनाएको छ । पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनमा लगाउनुपर्ने भएको कारण विधान अधिवेशनका लागि तय गरिएको पूर्व निर्धारित समय परिवर्तन गर्नु परेको जसपाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जसपाले आगामी १–३ जेठमा काठमाडौंमा विधान अधिवेशन गर्ने नयाँ मिति तय गरेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९ १३:४२













