प्रधानमन्त्री दाहाल र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेट

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसुसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्र राष्ट्रसंघ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री दाहाल र टेड्रोसबीच शुक्रबार भेट भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री दाहाल र टेड्रोसबीच नेपाल र डब्लूएचओबीच हुँदै आएका आपसी सहयोगका विविध क्षेत्रबारे छलफल हुनुका साथै जनस्वास्थ्यका विभिन्न विषयमा अझ प्रभावकारी सहकार्य गर्ने समझदारी बनेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १३:२५













