केन्द्रीय कार्यसमिति बैठक
शिक्षकका जायज माग पूरा गर्न पहल गरिरहेका छौं : कांग्रेस
1689926374.jpg)
काठमाडौं— नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकका जायज माग पूरा गर्न प्रतिबद्ध रहेको बताएको छ ।
केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले शिक्षा विधेकयबारे पार्टीको तर्फबाट एउटा निर्णय गर्न पार्टी नेतृत्वलाई समेत आग्रह गरे ।
‘शिक्षा विधेयकको विषयलाई लिएर शिक्षकहरू आन्दोलनरत हुनुहुन्छ । उहाँहरुको जायज माग पूरा गर्न हामीले हाम्रो तर्फबाट पहल गरिरहेका छौं,’ बैठकमा उनले भने ।
सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध आज तेस्रो दिन पनि शिक्षक महासंघको आयोजनामा आन्दोलन भइरहेको छ ।
सरकार र शिक्षकबीच पटक पटक बसेको वार्ता निष्कर्षविहीन भएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १२:०२













