News Griha :: न्यूजगृह
प्यालेस्टाइन मस्जिदमा इजरायल प्रहरीको छापा, जेरुसेलम तनावग्रस्त 
तस्बिर बीबीसी

काठमाडौं— प्यालेस्टाइनको एक मस्जिदमा इजरायल प्रहरीले छापा मारेपछि जेरुसलेममा प्रदर्शन भड्किएको छ । जेरुसेलमस्थित अल आक्सा मस्जिदमा इजरायल प्रहरीले खोजतलास गरेपछि जेरुसलेममा प्रदर्शन भएको हो ।

मंगलबार राति प्रवेश गरेको इजरायल प्रहरीले बुधवार बिहानसम्म मस्जिदमा छामा मारेको थियो । इजरायल प्रहरीले भने प्यालेस्टिनी लडाकु समूहका मस्ट वान्टेड सूचीमा रहेकाको खोजीका लागि मस्जिदमा छापा मारेको जनाएको छ । बीबीसीका अनुसार रमादानको अवसरमा मस्जिदमा ठूलो सङ्ख्यामा मानिसहरू रहेको बखतमा खोजीको सूचीमा रहेका लडाकु रहेको आशङ्कामा इजरायल प्रहरीले छापा मारेको हो । 

तर, मस्जिद प्रवेश गरेको इजरायल प्रहरीले ग्रिनेड प्रहार गरेको तथा बन्दुक पड्काएर स्थिति तनावग्रस्त गराएको जेरुसलेममा मुस्लिम सङ्घसंस्थाको आरोप छ । लडाकु खोज्ने नाममा धार्मिक स्थललाई आतङ्कित बनाउँदै इजरायल प्रहरीले मस्जिदमा रहेका सबैलाई बाहिर निकालेको घटनाको विरोध गर्दै जेरुसेलममा प्रदर्शन भड्किएको हो । 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०९:५४
Weather Update