‘हामी कसैको सुरक्षा छातामा बस्दैनौं’

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाल कुनै रणनीतिक योजनामा सामेल हुन नुहने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजि ‘राष्ट्रिय हित र सुरक्षा’ विषयक अन्तरक्रियामा उनले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको भन्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बाह्य शक्तिलाई आग्र गरे ।
‘सैन्य गठबन्धनमा सामेल हुन सक्दैनौं । हामी कसैको सुरक्षा छातामा बस्न सक्दैनौं । कसैको सुरक्षा छाता होइन सद्भाव भए पुग्छ । हाम्रो देशको आन्तरिक मामिलामा कसैले हात नहाली दिउन र दुई देशबीचको द्वन्द्वको अखडा र मैदान नबनाइ दिउन त्यति भए पुग्छ,’उनले भने ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १६:५४