News Griha :: न्यूजगृह
गणतन्त्र र संघीयतामाथि प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र  पाण्डेले गणतन्त्र र संघीयतामाथि प्रहार स्वीकार्य नहुने बताएका छन् ।

म्याग्दीको बेनीमा आजदेखि सुरु भएको नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको उद्घाटनका क्रममा मुख्यमन्त्री पाण्डेले संविधान र अहिलेको व्यवस्थाप्रति भ्रम फैलाउने गतिविधि स्वीकार्य नभएको बताएका हुन् ।

‘आफूलाई मन नपरेको र चित्त बुझेको विषयमा स्वच्छ आलोचना गर्ने अधिकार यही व्यवस्थाले नागरिकलाई दिएको छ, गणतन्त्र र संघीयतालाई अझै सुदृढ बनाउन सकेमा मात्र नागरिकको अधिकार सुरक्षित हुन्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘गल्ती गर्ने जोकोहीले पनि सजाय भोग्नुपर्ने अवस्था अहिलेको व्यवस्थाले ल्याएको सुन्दर पक्ष हो ।’         
  

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:२९
Weather Update