News Griha :: न्यूजगृह
नेपालगञ्ज विमानस्थलबाट ३२ मोबाइलसहित चार भारतीय पक्राउ    

बाँके— नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय,बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् ।उनीहरुले सेकेन्ड हेण्ड मोबाइल बनाउन काठमाडौं जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाडौंमा बेच्न लैजान लागेको शङ्का गरेको छ ।

भिभो, अप्पो, रेडमी, सामसुङ लगायतका कम्पनीको मोबाइल प्रहरीले बरामद गरेको हो । उनीहरु सबैलाई भन्सार पठाउने तयारी गरिएको प्रनाउ डाँगीले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:२७
Weather Update