News Griha :: न्यूजगृह
देउवाले गरे चन्द्र भण्डारीसहित आठ जनालाई केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

सभापति देउवाले बिहीबार पार्टीको विधान २०१७ (संशोधन सहित) उपधारा (१०) बमोजिम उनीहरूलाई मनोनयन गरेका हुन्  ।

मनोनीत हुनेहरूमा अर्धाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, गुल्मीका डा.चन्द्र भण्डारी, काभ्रेपलाञ्चोकका शिवप्रसाद हुमागाँई, बाग्लुङका किरण राज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार साह र पर्साका अनिलकुमार रुंगटा छन् ।

मनोनीत हुनेहरूमा भण्डारी, हुमागाँई र शारदा संस्थापन इतर पक्षका हुन् । १४औं महाधिवेशनमा भण्डारी उपसभापतिमा र विश्वकर्मा सहमहामन्त्रीमा पराजित भएका थिए ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:४८
Weather Update