क्रिकेटर ललित राजवंशी घाइते

काठमाडौं— क्रिकेटर ललित राजवंशी घाइते भएका छन् । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा भाग लिन जानुअघि राजवंशी घाइते भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का मेडिकल संयोजक अभिशेकराज सिंहले ललित बन्द प्रशिक्षणका दौरान घाइते भएको जानकारी दिए ।
उनको दायाँ काधमा चोट लागेको छ भने बिहीबार शल्यक्रिया गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १३:५२













