कांग्रेस पदाधिकारी बैठकमा केन्द्रीय समितिका एजेन्डामा छलफल

काठमाडौं— नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा बसेको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार पदाधिकारी बैठक बसेको हो ।
केन्द्रीय समिति बैठकका एजेन्डाबारे पदाधिकारी बैठकमा छलफल भएको हो । पदाधिकारी बैठकमा मंसिरमा हुने महासमिति बैठक र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।
कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १३:२५