News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् । 

सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनैतिक उपलब्धिहरू बारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, दिगो विकास र जलवायु परिवर्तनका बारेमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट धारणा राख्ने यसअघि नै जानकारी गराइसकेका छन् ।

त्यस्तै नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासनप्रणालीको अभ्यास, समुन्नत नेपाल निर्माणमा नेपालको प्रयास लगायत विभिन्न विषयमा जानकारी गराउनेछन् ।

यसै वर्ष दिगो विकास, जलवायु परिवर्तन दिगो विकासका लक्ष्यहरू हासिल गर्न वित्तिय प्रवन्ध लगायतका संयुक्त राष्ट्रसङ्घका मुलुकहरूको साझा चासो र सरोकारका विषयहरूमा पनि धारणा राख्ने प्रधानमन्त्री प्रचण्डले न्यूयोर्क जानुअघि संसद्लाई जानकारी दिएका थिए ।

नेपालले यसपालिको महासभामा अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतले नेपालले ४७ देशको प्रतिनिधित्व गर्दे  साझा चासोका विषयहरूमा विभिन्न मञ्चमा धारणा राखेको छ ।

महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड भोलि न्यूयोर्कबाट चीन जानेछन् ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०७:२५
Weather Update