News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं—  राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नु पर्ने बताएका छन् । 

संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले अहिलेका शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जितेर लोकतन्त्रलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको बताएका हुन् । 

Prabhu Bank

उनले भने, ‘कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन ? मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नु पर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ ।’

राष्ट्रपति पौडेलले गणतान्त्रिक शासनमा व्यक्तिको परिवर्तनमात्र होइन, जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार समेत भएको बताए । संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै नभई आचरणमा  समेत परिवर्तन आउन जरुरी रहेको उनको तर्क छ । 

उनले भने, ‘राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ हामीले प्राप्त गरेका छौ, तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ । गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन, यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो, यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो ।’

सबै मिलेर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेको बताएका उनले वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको उनले बताए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १८:१८
राजनीति
विशेष
Weather Update