News Griha :: न्यूजगृह
द्रुत बस सेवाको उद्घाटन आज, ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्न सकिने 

काठमाडौं— ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन बुधबार हुने भएको छ । संविधान दिवसका अवसरमा सूर्यविनायक–रत्नपार्क सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।

सुरुमा २५ वटा बसबाट सुरु गरिने यो सेवा छुट्टै लेन (रातो रङले छुट्टयाइएको) मा सञ्चालन हुने छ। 

बुधबार उद्घाटन गरिने र बिहीबारबाट मात्र यात्रुहरूले उपयोग गर्न पाउने छन् ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूका अनुसार अनुसार द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन्। त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ।  यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ।

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०७:३८
Weather Update