News Griha :: न्यूजगृह
यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ ।

जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि  सामान्य  बदली रहनेछ ।

कोशी,  बागमती,  गण्डकी  र  लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । 

राति भने  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  मधेस,  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका केही स्थानहरूमा र  देशका  बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग सहित  हल्कादेखि  मध्यम वर्षाको सम्भावना  रहेको  छ ।

गण्डकी प्रदेशको एकदुई  स्थानमा चट्याङ्गसहित  भारी वर्षाको  सम्भावना  रहेको  महाशाखाले जनाएको  छ । 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०६:१०
Weather Update