बीपी साहित्य महोत्सव संविधान दिवसका दिनमा पुनः सुरु हुने

काठमाडौं— संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण स्थगित बीपी साहित्य महोत्सव असोज ३ गते संविधान दिवसका दिनबाट पुनः सुरु हुने भएको छ ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बीपी महोत्सवको बाँकी कार्यक्रम गर्ने भएको हो । नेम्वाङको निधन भएपछि गत भदौ २६ गते कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको थियो ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले असोज ३ गते बिहान साढे १० बजेदेखि अपराह्न ५ बजेसम्म बीपी साहित्य महोत्सव गरिने जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८० १३:१२













