
काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुवास नेम्वाङको निधनले पार्टीको साथै राष्ट्रको लागि पनि ठूलो क्षति भएको बताएका छन् ।
शनिबार ललितपुरस्थित पार्टी कार्यालयमा भएको सुवास नेम्वाङको शोक सभालाई सम्बोधन गर्दै उनले शनिबारको नेम्वाङ मुलुकलाई अपरिहार्य व्यक्तिका रुपमा रहेको भन्दै उनको मृत्यु राष्ट्रिय राजनीतिका सन्दर्भमा ठूलो क्षति भएको बताए ।
उनले भने,‘राष्ट्रिय राजनीतिका सन्दर्भमा नेम्वाङ मुलुकलाई अपरिहार्य रहेको व्यक्तिका रुपमा रहनु भएको थियो । त्यो क्षति पार्टीको साथै राष्ट्रले पनि भोग्नु परेको छ । सांसदका हिसाबले पनि सुवास नेम्वाङ सबैभन्दा योग्य सांसदका रूपमा रहेका छन् । संसदीय मामिलाको सबैभन्दा बढी मर्म बुझेका व्यक्तिका रूपमा पनि उहाँलाई बुझिन्छ । नेताको साथै कानुनी सल्लाहाकारको रूपमा पनि भूमिका निर्वाह गर्नु भएको थियो ।’
नेम्वाङप्रति श्रद्धाका साथ अभिव्यक्ति दिनेहरूले नेम्वाङले राष्ट्रिय हित र एकताका बारेमा व्यक्त गरेका विचारहरूको सम्मान गर्न सकेको भए सही अर्थमा सुवास नेम्वाङप्रतिको श्रद्धा र सम्मान हुने उनको भनाइ छ ।