निर्वाचन आयोग
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं— निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ ।
आयोगको बुधबार बसेको बैठकले उपनिर्वाचनका लागि गत ३१ असोजको राजपत्रमा तोकिए बमोजिम नै हुने गरी खर्चको सीमा तोकेको हो । जसअनुसार चितवन क्षेत्र नं २ तथा बारा क्षेत्र नं २ का उम्मेदवारले अधिकतम २९ लाख रूपैयाँसम्म खर्च गर्न पाउँछन् ।
यस्तै, तनहुँ क्षेत्र नं १ का उम्मेदवारले ३१ लाख रूपैयाँसम्म खर्च गर्न पउने गरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १५:२९













