अन्तिम सुनुवाइ
सन्दीप विरूद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेविरूद्ध परेको मुद्दाको अन्तिम सुनुवाइ काठमाडौं जिल्ला अदालतमा बुधबारदेखि सुरू भएको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको छ।
यसअघि गत १३ चैतमा सन्दीपविरूद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेशीमा चढेको थियो। न्यायाधीश माधव घिमिरेको इजलासमा सुनुवाइ हुने भनिए पनि सन्दीपका वकिलले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ भएको थिएन।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १२:३२