News Griha :: न्यूजगृह

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।  

बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए। ‘सरकारले करिबकरिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ,’ उनले भने, ‘अब हाम्रो ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा छ।’ प्रधानमन्त्रीले  १७ चैतमा मन्त्रिपरिषद् बिस्तार गरे पनि पूर्णता पाएको छैन। 

प्रधानमन्त्री प्रचण्डले ६ मन्त्रालय अझै आफैसँग राखेका छन्।

 


 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १२:१५
Weather Update