होला सुनुवाइ
रविको मुद्दा हरिप्रसाद फुयालको इजलासमा

काठमाडौं— राहदानी प्रकरणमा रवि लामिछानेविरुद्ध युवराज पौडेल सफलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित पौडेलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
उक्त रिट मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको थियो । तर हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो । लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकोले यो मुद्दा हेर्न नमिलेको हो ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १२:०८













