चन्चलकलीको सुँड काटियो

चितवन— अज्ञात समूहले सौराहास्थित हात्तीसारमा बाँधेर राखिएको ४५ वर्षीया चन्चलकली हात्तीको सुँड काटिदिएको छ ।
गएराति साढे ११ बजेतिर हात्तीको सुँड धारिलो हतियारले काटिएको अवस्थामा भेटिएको हो । हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने, कुनै कुरा टिप्ने मुख्य भाग नै काटिएको हो । काटिएको सुँडको भाग जोड्न नमिल्ने अवस्थामा छ ।
हात्ती पीडाले कराएपछि हेर्न जाँदा सुँड काटिएको अवस्थामा भेटिएको थियो । हात्तीलाई मार्ने उद्देश्यले नै सुँड काटिएको हुनसक्ने आशंकामा प्रहरी अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ ०९:५०













