News Griha :: न्यूजगृह
माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं— सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

बैठक बुधबार अपराह्न ४ बजे बस्न लागेको हो । बैठक पार्टी मुख्यालय पेरिस डाँडामा बस्ने तय भएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने माओवादी नेताहरूले बताएका छन् ।

चितवन, तनहुँ र बारामा आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा पार्टी उम्मेदवारविहीन भएको भन्दै कार्यकर्ताले नेतृत्वप्रति प्रश्न उठाएका छन् ।

माओवादीले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरिसकेको छ । बुधबारको बैठकमा यस विषयमा पनि छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०९:१९
Weather Update