सुवास नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिँदा थामिएन एमाले नेताहरूको आँसु
काठमाडौं— नेकपा एमालेको पार्टी मुख्यालय च्यासलमा यतिखेर सन्नाटा छाएको छ ।
संविधान सभा अध्यक्षसमेत रहेका एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङको पार्थिव शरीर च्यासलमा छ ।
सयौं मानिसहरूको भीड लागेको छ । तर सन्नाटा छाएको छ । चकमन्न, शून्यता, कुनै आवाज वा हलचल केही नभएको ।
नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन एमाले शीर्ष नेताहरू लामबद्ध भए । नेम्वाङको मृत शरीरमाथि जब माला र पुष्पगुच्छा राखे तब एमाले नेताहरूले आँसु थाम्न सकेनन् ।
प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, विष्णु रिजाल, योगेश भट्टराई, गोकर्ण विष्ट, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायत भक्कानिए ।
अहिले च्यासलमा नेम्वाङको पार्थिव शरीरमाथि मानिसहरूले पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिइरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १३:३६













