News Griha :: न्यूजगृह
सुवास नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालयमा

काठमाडौं— संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको छ ।

मंगलबार बिहान हृदयघातका कारण टिचिङ अस्पताल महाराजगञ्जमा मृत्यु भएका नेम्वाङको पार्थिव शरीरलाई अस्पतालबाट च्यासल पुर्‍याइएको थियो ।

अहिले च्यासलमा नेम्वाङको पार्थिव शरीरमाथि मानिसहरूले पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिइरहेका छन् । च्यासलमा मानिसहरूको भीड लागेको छ ।

केहीबेर अघि बसेको एमाले सचिवालय बैठकले नेम्वाङको शोकमा पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने र औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानको साथ गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदासमेत दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १३:०९
Weather Update