एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार विश्वकर्माको मृत्यु

काठमाडौं— नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको मृत्यु भएको छ ।
५९ वर्षीय विश्वकर्माको गएराति हृदयघातका कारण मृत्यु भएको नेकपा एसकी नेतृ दिलु पन्तले जानकारी दिइन् ।
शौचालय गएर आएपछि सुतेका उनी नचलमलाएपछि अल्का अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । रौतहटको गौर स्थायी घर भएका उनी परिवारसहित ललितपुर बस्दै आएका थिए ।
विहान ११ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यायल आलोकनगर राखिएको थियो । उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १२:३५













