News Griha :: न्यूजगृह
सञ्चालनमा आयो अवरुद्ध नारायणगढ–मुग्लिन सडक

मुग्लिन—  पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

चितवनको  इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान पौने ७ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका  सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उनले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १२:२७
Weather Update