News Griha :: न्यूजगृह
टिचिङ अस्पतालबाट निकालियो सुवास नेम्वाङको पार्थिव शरीर

काठमाडौं—  संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर टिचिङ अस्पताल महाराजगञ्जबाट निकालिएको छ ।

मंगलबार बिहान हृदयघातका कारण सोही अस्पतालमा मृत्यु भएका नेम्वाङको पार्थिव शरीर अन्तिम बिदाइका लागि एमालेको केन्द्रीय कार्यालय च्यासल लगिँदै छ ।

मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:४८
Weather Update