News Griha :: न्यूजगृह
सुवास नेम्वाङको मृत्युपछि बीपी साहित्य महोत्सव स्थगित

काठमाडौं— नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको छ ।

संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको मंगलबार बिहान मृत्यु भएपछि कांग्रेसले सो सहोत्सव स्थगित गरेको हो ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बीपी साहित्य महोत्सव स्थगित गरिएको जानकारी दिए ।

आइतबारदेखि केन्द्रीय कार्यालय सानेपामा बीपी साहित्य महोत्सव भइरहेको थियो । महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:३६
Weather Update