सुवास नेम्वाङलाई सम्झिँदै बाबुरामले भने— एउटा असल मान्छे छिट्टै जानुभयो

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मंगलबार विहान मृत्यु भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई सम्झँदै एउटा असल मान्छे छिट्टै गएको बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले सामाजिक सञ्जालमार्फत नेम्वाङसँगको तस्बिर पोस्ट गर्दै भनेका छन्, ‘संविधान निर्माण गर्दाका ती दिन सधैं सम्झनामा रहिरहनेछन् । एउटा असल मान्छे छिट्टै जानुभयो । अलविदा सुवासजी ।’
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० ११:२०













