सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा

काठमाडौं— सरकारले सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संविधान सभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने र सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भने,‘मन्त्रिपरिषद्को बैठकले सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने र उहाँको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’
एमाले उपाध्यक्ष नेम्वाङको मंगलबार बिहान हृदयाघातका कारण मृत्यु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० ११:०१













