सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं— सरकारले संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्काे आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का एक सदस्यका अनुसार अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णयसमेत बैठकले गरेको छ ।
हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान मृत्यु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १०:४६













