News Griha :: न्यूजगृह
संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय : पूर्वसभामुख सापकोटा

काठमाडौं— नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधान सभा अध्यक्ष नेम्वाङको मृत्युको खबरले स्तब्ध बनाएको बताएका छन् ।

मंगलबार शोक वक्तव्य जारी गर्दै उनले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

संविधान सभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्वसभामुख सापकोटाले स्मरण गरे ।

नेम्वाङले शालीन र समन्वयकारी भूमिकामार्फत सिङ्गो राजनीतिक बृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र,सामाजिक न्याय र समतामूलक समाज निर्माणमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहने बताए ।

एमाले उपाध्यक्ष नेम्वाङको मंगलबार हृदयाघातका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:३९
Weather Update