मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं— मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।
बैठक मंगलबार बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।
मन्त्रिपरिषद् बैठकले नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्ने बताइएको छ ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको मंगलबार बिहान मृत्यु भएको थियो । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १०:०९













