केपी ओलीले भने— सुवासजी सुखदुःखको साथी हुनुहुन्थ्यो

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको स्मरण गरेका छन् ।
मंगलबार बिहान मृत्यु भएका नेम्वाङलाई सम्झिँदै अध्यक्ष ओलीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा सो कुरा उल्लेख गरेका छन् ।
नेम्वाङलाई सम्झिँदै ओली भन्छन्,‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो ।’
लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्याएको योगदान सधैं सम्झिरहने बताउँदै ओलीले लेखेका छन्, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ।’
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० ०९:५२













