सिक्किममा हिउँ पहिरोमा ३ नेपालीको मृत्यु

काठमाडौं— भारतको सिक्किममा हिउँ पहिरोमा परी ३ जना नेपालीको मृत्यु भएको छ ।
चितवनका शिवप्रसाद लामिछाने र २२ वर्षकी आशिका ढकाल तथा रूपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठको मृत्यु भएको गान्तोक जिल्लाले विज्ञप्ति मार्फत् जनाएको छ ।
पहिराेमा परेमा ३ नेपालीसहित १३ जना घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
साथै नेपालका ४३ वर्षका रमेश खनाल, ३८ वर्षकी ज्योति गुरुङ, ४० वर्षकी गीता सापकोटा घाइते भएका छन् ।
मंगलबार मध्याह्न गान्तोक–नाथुला जेएनएम सडकमा हिउँ पहिरो गएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ ०८:३७













