News Griha :: न्यूजगृह
‘भेप’मा सुन तस्करी प्रकरण : दाओजिन वाङको डेरामा सीआईबीको छापा, बरामद गर्‍यो सेफ

काठमाडौं— विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहका एकजना चिनियाँको डेरामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेको छ ।

तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङ बस्ने सीतापाइलास्थित डेरामा छापा मारिएको सीआईबीलेका एकजना अधिकृतले बताए । दाओजिन वाङ फरार छन् । उनको डेराबाट ‘डिजिटल सेफ’ बरामद गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन र विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहबीच ‘कनेक्सन’ देखिएको छ । ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे पनि सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १८:५२
Weather Update