News Griha :: न्यूजगृह
ग्यालेक्सी फोरके टीभीका सञ्चालक जीबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं— सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष गितेन्द्रबाबु(जीबी) राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालन पनि हुन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट पूर्वअध्यक्ष राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको प्रहरी स्रोतले जानकारी दियो । बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका सञ्चालक समितिका पदाधिकारीविरूद्ध ९७१ जनाले जाहेरी दिएको डीएसपी श्रवणकुमार बिकले जानकारी दिए । 

साउन ३२ गते कार्यालयले उक्त सहकारीका पदाधिकारीविरुद्ध भदौ १५ गतेभित्र जाहेरी दिन सार्वजनिक सूचना नै जारी गरेको थियो । 

निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेको भन्दै पीडितहरू प्रहरीकहाँ पुगेका हुन् । 

 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १८:१८
Weather Update