News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई धोका दिने काम म बाट हुँदैन : मन्त्री किराती 

काठमाडौं— संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यो बेला नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु भएको टिप्पणी गरेका छन् । 

काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किरातीले यस्तो आफू प्रधानमन्त्रीलाई धोका दिने पक्षमा नरहेको बताए । मन्त्री किरातीले भने, 'यो सरकारप्रति आम जनताको आशा जागेको छ । प्रधानमन्त्रीले पनि हामी क्याबिनेट मन्त्रीहरूबाट ठूलो अपेक्षा राख्नु भएको छ यो अवस्थामा म बाट प्रधानमन्त्रीलाई धोका हुने छैन । प्रधानमन्त्रीलाई धोका दिनु भनेको देशलाई धोका दिनु हो ।’

त्यस्तै यो सरकार गठनपछि धेरै काम भइरहेको जिकिर गर्दै जनतामा बिस्तारै आशा जागेको किरातीले दाबी गरे । 

उनले भने, ‘प्रधानमन्त्रीको यो स्प्रिडलाई समात्नु मेरो पहिलो कर्तव्य हो । मलाई घरी घरी आफ्नै मान्छेहरूबाट नाजायज काम गराउन दबाब न भएको होइन तर म कदापि गलत काम गर्दिन बरु म पद त्याग्न तयार छु ।’  

उनले आफूलाई भेट्न आउनेमाथि समेत शंका लाग्ने गरेको तर्क गरे । ‘दलालहरू मलाई भेट्न आँट गर्दैनन् कि आफ्नै मान्छेको भेष भुषामा शिखण्डी बनेर आएका हुनकी शंका लाग्छ । कृपया त्यसो नगर्नुहोस् देशको मुखेन्जी तपाईँसँगको सम्बन्ध मेरो लागि केही पनि होइन । देश भन्दामाथि न म छु न मेरो पद छ । जीवनको बाजी थापेर देश बनाउने काममा लाग्नु हो । राजनीति भनेको जीवनको सुख र भोग विलासको लागी होइन,’ उनले भने । 
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १८:०५
Weather Update