
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक सिंहले विदेशी शक्तिको आडमा देशमा धार्मिक द्वन्द्व निम्त्याउने कोशिश भइरहेको आरोप लगाएका छन् ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विदेशी शक्तिको आडमा देशमा द्वन्द्व निम्त्याउन खोजिएको भन्दै त्यसविरुद्ध एकजुट भएर लाग्ने बताए ।
उनले देशमा जसको रगत बगे पनि नेपाली रगत नै बग्ने र रमाइलो विदेशी दलालहरूलाई हुने भन्दै हिजो जसरी मिलेर बसेका थियौ भोलि पनि बस्नु पर्ने बताए।
उनले भने, ‘विदेशी शक्तिको बलबाट षड्यन्त्र गरिरहेको छ । हिन्दु धर्मलाई खलबलाउन लागि अब नेपालका सबै हिन्दु परिवारले यसलाई सचेत गराउँने छ। देशमा जति नै लडाइ भएपनि यहाँ जसको रगत बगे पनि नेपालीको नै बग्ने हो रमाइलो त विदेशी दलाललाई हुन्छ त्यसकारण यो दिन आउँनु हुँदैन । हिजो जसरी हामी एउटा परिवारको रुपमा थियौ भोलि पनि होस ।’
उनले धार्मिक र जातित्वको कुनै पनि द्वन्द्व देशमा नचाहेको पनि बताए ।
उनले भने, ‘हामी यो देशमा धार्मिक र जातित्वको कुनै पनि द्वन्द्व यो देशमा चाहदैनौँ हामी अहिलेसम्म टिकेका छौ । हामी सबै हिन्दु नेपालीले गौमातालाई आमाको नाममा पूजा गर्छौ, संरक्षण गर्छौ । त्यसलाई कसैले प्रभाव पार्छ भने नेपालको संविधानमा जुन यो गणतन्त्रवादीहरु ले बनाएको संविधान छ, कानून अनुसार कारबाही गर्नुस् ।’
२७ गते भृकुटी मण्डपमा धर्म रक्षाको लागि हुने आन्दोलन हुने उनले बताए ।