यस्ता हुन्छन् स्क्रब टाइफसका लक्षण

काठमाडौं— स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले स्क्रब टाइफस लक्षणबारे बताएका छन् ।
उनका अनुसार स्क्रब टाइफस लागेमा उच्च ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, शरीरका मुख्य अङ्गहरुले काम गर्न छाड्नुलगायत लक्षण देखिन्छ ।
स्क्रब टाइफस सङ्क्रमण भएका बिरामीको समयमा उपचार नगराएमा श्वासप्रश्वासमा समस्या आई सिकिस्त हुने गर्दछन् ।
यसको सङ्क्रमणबाट बाँच्नका लागि खेतबारीमा काम गर्दा वा वनजङ्गल तथा झाडीमा जाँदा लामो कपडा लगाउने, घाँसबारी वा चउरमा बस्दा गुन्द्री/दरी ओछ्याएर बस्ने, खाटमा वा अग्लो स्थानमा सुत्नेलगायत कार्य गर्नुपर्ने केसीले बताए ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० १७:०२