News Griha :: न्यूजगृह
राहदानी विवाद : रविविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।

मंगलबारका लागि सुनुवाइको पेसी तोकिए पनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि आज बुधबार १० बजेका लागि न्यायाधीश सिन्हा रहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

लामिछानेविरुद्ध नेपाली राहदानीसम्बन्धी सर्वोच्चमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल (सफल) ले रिट दायर गरेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०६:५०
Weather Update