समाजवादी मोर्चाको सन्देश सभा
प्रधानमन्त्री दाहाल भन्छन्– ५ वर्षसम्म यही गठबन्धन चल्छ

विराटनगर— प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ वर्षसम्म यही गठबन्धन चल्ने बताएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सत्ता गठबन्धन ५ वर्ष चल्ने बताएका हुन् ।
उनले गठबन्धन टिक्ने कुरामा ढुक्क हुन आग्रह गरे । भने, ‘५ वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस् ।’ यसबाहेक उनले कुनै प्रतिक्रिया दिएनन् ।
उनी समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभामा सहभागी हुन विराटनगर आएका हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० १६:३७