News Griha :: न्यूजगृह
ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु

काठमाडौं—  ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले आइतबार जनाएको छ ।

आँधीका कारण अर्जेन्टिना र उरुग्वेसँग सीमा जोडिएको रियो ग्रान्डे डो सुल राज्यका ६० वटा सहर र छिमेकी राज्य सान्टा क्याटारिनाका केही क्षेत्रमा सोमबारदेखि मुसलधारे वर्षा, प्रतिघण्टा ११० किलोमिटरभन्दा बढीको हावाहुरी, बाढी र पहिरो गएको थियो ।

सबैभन्दा बढी प्रभावित सहर मुकुममा १६ र रोका सेल्समा १० जनाको मृत्यु भएको छ । ब्राजिल सरकारले चक्रवातबाट प्रभावित प्रत्येक व्यक्तिलाई करिब १६० अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।एजेन्सी 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:४३
Weather Update