News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— सिन्धुपाल्चोकको जुरेमा फेरि सुख्खा पहिरो खसेको छ । सोमबार बिहान ११ बजेतिर सुख्खा पहिरो खसेको स्थानीयले बताएका छन् ।

स्थानीय रविराज थापाले पहिरोबाट अहिलेसम्म केही असर नपरेको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन् ।

Prabhu Bank

२०७१ साउन १७ गतेको राति जुरेमा पहाडै खसेको थियो । राम्चेको इटिनी भीर खस्दा मांखा कागुने, ड्यामसाइड र टेकानपुरका १ सय ४५ ले ज्यान गुमाएका थिए । त्यसको ९ वर्षपछि त्यहीँ ठाउँमा सुख्खा पहिरो खसेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर सञ्जिव यादवले भने पहिरोबारे प्रहरीलाई कुनै जानकारी नभएको न्यूजगृहलाई बताए ।

sindhupalchok-jurepahiro1694417358.JPG

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:२४
राजनीति
विशेष
Weather Update