News Griha :: न्यूजगृह
असोज अन्तिमसम्म अधिवेशन गरिसक्न कांग्रेसको निर्देशन

काठमाडौं— नेपाली कांग्रेसले बाँकी रहेका ठाउँमा असोज २९ गतेभित्र अधिवेशन गर्न पत्राचार गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिहरूलाई पत्राचार गर्दै असोज अन्तिमभित्र बाँकी रहेका ठाउँमा अधिवेशन गर्न भनेको हो ।

१४औं महाधिवेशन अघि हुनुपर्ने विभिन्न तहका अधिवेशन गर्न बाँकी रहेका ठाउँमा असोजभित्रै अधिवेशन गरी केन्द्रमा जानकारी गराउन निर्वाचन समितिले आग्रह गरेको छ ।

कांग्रेसले २०७८ साल मंसिरमा १४ औं महाधिवेशन गरेको थियो । कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्दैछ ।     

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १२:२३
Weather Update