News Griha :: न्यूजगृह
कार्यालय सञ्चालन तथा लेखा विषयको नतिजा सार्वजनिक

काठमाडौं— शिक्षक सेवा आयोगले कार्यालय सञ्चालन तथा लेखा विषयको माध्यमिक तह,तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको छ ।

आयोगले गत असार ९ गते लिएको लिखित परीक्षाका नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आगामी असोज २४ गते आयोगको कार्यालयमा दिउँसो एक बजे अन्तर्वार्ताका लागि लिखित परीक्षामा सफल उम्मेदवारलाई बोलाएको छ ।

आयोगले अहिलेसम्म कार्यालय सञ्चालन तथा लेखासहित सामाजिक, गणित, विज्ञान विषयको नतिजा प्रकाश गरिसकेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १०:३६
Weather Update