News Griha :: न्यूजगृह
बीपीको विचारले जनताले न्यायको अनुभव गरेका छन् : सहमहामन्त्री उपाध्याय

ताप्लेजुङ— नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको विचारमा न्याय र रुपान्तरण भएको बताएकी छिन् ।

मुलुकमा ऐतिहासिक परिवर्तन र न्यायका लागि दूरदर्शी नेता बीपीका विचार निर्णायक भूमिकामा भएको स्पष्ट पारिन् ।

आइतबार ११०औं बीपी जयन्तीका अवसरमा ताप्लेजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक आन्दोलन र ऐतिहासिक परिवर्तनमा बीपीको योगदान अतुलनीय रहेको तथा उनकै विचार र व्यवहारले मुलुक र जनताले न्याय प्राप्त गरको दाबी गरिन् ।

उनी भन्छिन्,‘विभिन्न ऐतिहासिक परिवर्तनसँगै यतिबेला जनताले न्यायको अनुभव गरेका छन्, जनताकै शासन आएको छ, हामीले देखेको भोगेको उल्लेखनीय परिवर्तन दूरदर्शी नेता बीपीकै उत्कृष्ट विचारको परिणाम हो ।’

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १०:२६
Weather Update