News Griha :: न्यूजगृह
समाजवादी मोर्चाले विराटनगरमा सन्देश सभा गर्दै

काठमाडौं—  समाजवादी मोर्चाले सोमबार कोशी प्रदेशस्तरीय सन्देश सभा गर्ने भएको छ ।

यसअघि मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र बाग्मती प्रदेशमा सन्देश सभा गरिसकेको मोर्चाले आज कोशीको विराटनगरमा सन्देश सभा राखेको हो ।

सभालाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने छन् ।

सुदूरपश्चिमको घोषणा सभा भदौ १३ गते राखिएकोमा हालसम्म स्थगित छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०८:५३
Weather Update