आफूविरुद्धको उजुरीको स्पष्टीकरण बुझाउँदै रवि

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध परेको दाबी विरोध र उजुरीमा आइतबार उनले स्पष्टीकरण बुझाउँदै छन् ।
रविविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको छ । रविलाई बुधबार दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।
सोमबार भएको उम्मेदवारी दर्ताविरुद्ध मंगलबार चार जना व्यक्तिले उम्मेदवार बन्न अयोग्य रहेको भन्दै दाबी विरोधको सूचना दर्ता गराएका थिए ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ ०६:१८














